होन्डा इलेभेटको टेष्ट ड्राइभ र फ्री सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । होन्डाको फ्री सर्भिस क्याम्प र होन्डा इलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न भएको छ ।

नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले वैशाख ३१ देखि जेठ २ गतेसम्म विराटनगर स्थित सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेष्ट ड्राइभ सम्पन्न गरेको हो ।

कम्पनीले उक्त क्याम्पमा लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत छुट दिएको थियो ।

साथै, एचडीएस स्क्यानका साथै २००१ मोडलदेखि २०१४ मोडलसम्मका कम्पनीले तोकेका गाडीहरूमा सेफ्टी रिकल अन्तर्गत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरिदिएको थियो ।


Back_to_top