काठमाडौं । स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ‘स्काइवेल एक्सचेन्ज अफर, अपग्रेड टु स्काइवेल–ड्राईभ लक्जरी ईभी यसयूभी’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले प्रि बजेट अफरको रुपमा उक्त योजना ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकले स्काइवेलको ईभी खरिदमा स्पेशल छुट र एक्सचेन्ज अफरमा विशेष बोनस समेत पाउने छन् ।
साथै, २० प्रतिशत डाउन पेमेन्टमा स्काइवेलको सवारी साधन खरिद गर्न सक्ने फाइनान्स सुविधा उपलब्ध गराइएको
कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए ।
साथै, स्काइवेलको सवारी खरिदमा एक जोडीले युरोप भ्रमणको अवसर समेत पाउने छन् । जेठ २ गतेदेखि सुरू भएको यो अफर ५ गतेसम्म संचालन हुनेछ ।
यो अफर काठमाडौंको नक्साल, भक्तपुरको राधेराधे, इँटहरी, विराटनगर, पोखरा र चितवन शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।
जी मोटर्सले नेपालमा स्काइवेलको ईटी ५, बीई ११ मोडेल बिक्री गरिरहेको छ ।

