काठमाडौं । नेपाली बजारमा म्याक्ससको ‘ई टेरन-९’ इलेक्ट्रीक पीकअप सार्वजनिक भएको छ ।
नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले आइतबार मनाङमा एक कार्यक्रममा बीच ‘ई टेरन-९’ इलेक्ट्रीक पीकअप सार्वजनिक गरेको हो ।
कम्पनीले लग्जरी र प्रिमियम गरी दुई भेरियन्टमा ‘ई टेरन-९’ पीकअप सार्वजनिक गरेको हो । कम्पनीले ‘ई टेरन-९’ को सुरुवाती मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
म्याक्ससको इलेक्ट्रीक पीकअपमा सेग्मेन्टकै ठूलो साइजको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एनईडीसी रेन्ज ५६० किलोमिटर रहेको छ ।

यसमा रहेको ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले चार्ज १२ घण्टामा फुलचार्ज गर्न सकिने छ । डीसी चार्जर भने यसले ११५ किलोवाटसम्मको सपोर्ट गर्छ । उक्त ईभीको एक्टेरियर र इन्टेरियरमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ ।
म्याक्ससको एटेरन-९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८७४ एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।
यसको अप्रोच, डिपार्चर र र्याम्प एंगल क्रमशः २९, २५ र २० डिग्रीको रहेको पीकअप नेपाली जस्तोसुकै सडकको लागि पनि उपयुक्त हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस पीकअपलाई ५५० एमएमसम्म गहिरो पानीमा चलाउन सकिन्छ ।

मेक्ससको अनुसार अफरोड पीकअपको पेलोड क्षमता ६२० केजीसम्म छ । यसको टोइङ क्षमता भने ३५०० केजीसम्म छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपको अगाडि १२५ र रियरमा २०० किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर ३१५ किलोवाट रहेको छ ।
लग्जरी सेग्मेन्टमा आएको पीकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड र भेन्टीलेटेड फ्रन्ट एण्ड रियर सिट छ । त्यसैगरी, मेमोरीसहितको र मसाज ड्राइभर सिट, पानारोमिक सनरुफ, अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन् ।

अफरोड मेसिनलाई सुरक्षाको लागि अब्बल बनाउन ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ । साथै, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ७ वटा एयरब्याग, अटोहोल्ड जस्ता फिचर छन् ।
म्याक्सस इलेक्ट्रीक एटेरन-९ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ । कम्पनीले नेपाली बजारमा भेहिकलमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटर र हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।

