भोलि पशुपति क्षेत्रका १० रुटमा सावारीसाधन चलाउन रोक

काठमाडौं । शिवरात्रीलाई मध्यनजर राख्दै पशुपति क्षेत्रमा जाम नहोस भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि सवारी प्रवेशमा निषेध गरेको छ । 

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिए ।

पन्तका अनुसार सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन् । दर्शनार्थीको प्रेशर बढ्दै गएपछि माथी तोकिएका १० वटा रुटमागाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाइएको छ ।

पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनहरुको सुबिधाको लागी सवारी प्रवेश रोक लगाएको हो ।


Back_to_top