विराटनगर भन्सारबाट सवारीसाधन आयात न्यून, कुन साधनको आयात कति ?

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विराटनगर भन्सारबाट ४८ करोड २५ लाख बराबरको सवारीसाधन तथा सवारीका पाटपुर्जाहरु आयात भएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ५० अर्ब २१ करोड ६२ लाख रुपैयाँ बराबरको यातायात तथा यातायातका पाटपुर्जा आयात भएकोमा बिराटनगर भन्सारबाट उक्त मूल्यको मात्रै आयात भएको हो । 

विराटनगर भन्सारका सुचना अधिकारी राजेन्द्र थापाका अनुसार पुषदेखि माघ मसान्तसम्ममा ४८ करोड २५ लाख ५ हजार रुपैयाँ बराबरको सवारी तथा सवारी साधनका पाटपुर्जाहरु आयात भएका हुन् । 

विभागका अनुसार माघ मसान्तसम्ममा २३ करोड ८५ लाख रुपैयाँ बराबरको ट्याक्टर आयात भएको छ भने, २ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको अटो रिक्सा आयात भएको छ । 

उक्त नाकाबाट सो अवधिमा २६ लाख २२ हजार रुपैयाँ बराबरको एम्बुलेन्स तथा त्यसका पाटपुर्जाहरु आयात भएका छन् । विद्युतीय सवारी तथा त्यसका पाटपुर्जाहरु १ करोड २९ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको थापाले जानकारी दिए । 

मोटरसाइकल तथा स्कुटरको आयातपनि अत्यन्त न्यून रहेको छ, यस अवधिमा १४ करोड ३ लाख ५० हजार रुपैयाँ बराबरका मोटरसाइकल तथा त्यसका पाटपुर्जाहरु आयात भएको थापाले जानकारी दिए ।

२ करोड ५० लाख ३८ हजार रुपैयाँ बराबरको साइकल यातायत भएको यो नाकाबाट ३ करोड ४१ लाख ४३ हजार रुपैयाँ बरबार अन्य यातायात तथा यातायातका पाटपुर्जाहरु आयात भएको विराटनगर भन्सार विभागले जानकारी दिएको छ । 


Back_to_top