एक्सपेङ कारमा सीजी मोटर्सको ६ अफर, यस्ता छन् फाइदा

काठमाडौं । एक्सपेङको आधिकारिक बिक्रेता सीजी मोटर्सले जी-सिक्स मोडलमा अफर ल्याएको छ । कम्पनीले एक्सपेङको प्रिमियम एसयूभीमा ६ अफर प्रदान गरेको हो ।

चिनियाँ स्टार्टअप एक्सपेङको जी-सिक्स एसयूभी विगत एक वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले एक वर्षको दौरान आर्थिक वर्ष २०८१/८२ मा १३४ युनिट एक्सपेङ जी-सिक्स आयात गरेको देखिन्छ ।

नेपाली बजारमा ८४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको एक्सपेङ जी-सिक्स मोडल निकै आकर्षक फिचरका साथ उपलब्ध छ । यस्तो प्रिमियम गाडीमा सीजी मोटर्सले ८ लाख रुपैयाँसम्मको अफर उपभोक्तालाई दिएको हो । नगदका अलावा कम्पनीले अन्य ६ किसिमका अफर पनि उपभोक्तालाई गरेको छ ।

सीजी मोटर्सले सबैभन्दा पहिला ६.६४ प्रतिशत ब्याजदरमै गाडी उपलब्ध गराउने जनाएको छ । त्यस्तै, यसरी लिने कर्जा स्वीकृति ४८ घन्टा भित्र गर्ने पनि कम्पनीले जनाएको छ ।

७ वर्ष अवधिको लागि कर्जा सुविधा उपलब्ध हुनेछ । गाडीसँगै कम्पनीले ६.६ र ३.३ किलोवाट क्षमताका दुई एसी चार्ज पनि दिने जनाएको छ ।

गाडी सफा गर्न ब्ल्याक एण्ड डेकर कार वासरसँगै भ्याकुम क्लिनर पनि दिने कम्पनीको अफर छ । साथै, एक वर्षको बीमा, एक वर्षको सवारी कर पनि गाडी किन्नेले निःशुल्क पाउने छन् ।

यस्तो छ जी-सिक्स मोडल

एक्सपेङ जी-सिक्स फिचर लोडेड क्रसओभर हो । कुप्पे डिजाइनमा तयार भएको जी-सिक्समा ६६ किलोवाट आवरको लिथियम आयोन (एलएफपी) ब्याट्री प्याक दिइएको छ ।

जी-सिक्स एसयूभीको लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ह्वील भने २० इन्चको पाउन सकिन्छ । एरोडाइनामिक्सलाई ध्यानमा राखेर निर्माण भएको जी-सिक्सको ड्रयाग कोफिसियन्ट ०.२४८ सीडी छ ।

‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसको रियर ह्वीलमा १९० किलोवाटको मोटर छ ।

यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनिक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ ।

बडी स्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनियम कास्ट इलिमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढी रिजिडिटी पाउन सकिन्छ । यसको क्याबिन क्लिन डिजाइनमा छ ।

टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प बेस्डको एयर कन्डिसन सिस्टम छन् ।


Back_to_top