ग्यालेक्सी इएक्स-फाइभमा अझै ठूलो ब्याट्री, कलर पनि थपिने

काठमाडौं । जिली ग्रुपको ग्यालेक्सी इएक्स-फाइभ अपग्रेड हुने भएको छ । चिनियाँ कार निर्माताले आफ्नो इलेक्ट्रीक कारको ब्याट्री साइज नै परिवर्तन गर्ने भएको हो ।

कम्पनीले यसअघि ४९ र ६० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा ल्याएको इएक्स-फाइभलाई अपग्रेड गरेर ६८ किलोवाट आवरको ब्याट्रीमा ल्याउने भएको हो । यसअघि दिइएको ब्याट्रीले क्रमशः ३४५ र ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी रेन्जले देखाएको छ । नयाँ ६८ किलोवाट आवरको ब्याट्रीले करिब ४९० देखि ५०० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

नेपाली बजारमा प्रोटोन इमास-सेभेन र ग्यालेक्सी इएक्स-फाइभ दुई नामबाटै यो एसयूभी उपलब्ध भएको छ । प्रोटोन ब्राण्डको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स हो भने जिली ब्राण्डमा एलआरआर ग्रुपले ग्यालेक्सी इएक्स-फाइभ नेपाल ल्याएको हो ।

प्रोटोन इमास-सेभेन नेपालमा ४९ र ६० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जिलीको पनि स्वामित्वमा रहेको प्रोटोन ब्राण्डले ग्यालेक्सी इएक्स-फाइभलाई इमास-सेभेनको ब्याचमा उपलब्ध गराएको हो ।

एलआरआर मोटर्सले भने ६० किलोवाट आवरको ब्याट्रीमा मात्रै ग्यालेक्सी इएक्स-फाइभ उपलब्ध गराएको छ । कम्पनीका अनुसार सानो ब्याट्रीमा नआएपनि मूल्य भने कमनै हुनेछ ।

चिनियाँ बजारमा अपग्रेड भएको ग्यालेक्सीमा दुई नयाँ कलर अप्सन पनि थपिन लागेको हो । दुई दिनपछि जुलाई २४ मा सार्वजनिक हुने अपग्रेड गरिएको ग्यालेक्सी इएक्स-फाइभ अहिले चीन बाहिर २५ देशमा बिक्री हुँदै आएको कम्पनीको भनाइ छ ।

दुई नयाँ कलर ब्लू र ग्रिन कलर पनि थपिएर आउने भएको छ । जुलाई ४ तारिखमा कम्पनीले दिएको जानकारी अनुसार विश्वभर १ लाख ५० हजार हजार युनिट ग्यालेक्सी इएक्स-फाइभ बिक्री भइसकेको छ ।


Back_to_top