काठमाडौं । नयाँ एमजी फोर प्रिमियम ह्याचब्याक कार दुई ब्याट्री अप्सनमा आउने भएको छ । सेमी सोलिड स्टेट ब्याट्रीमा आउन लागेको पहिलो मास सेलिङ मोडल भनेर चर्चा पाइरहेको एमजी फोर दुई ब्याट्री अप्सनमा आउने भने पनि ब्याट्री साइज अझै गोप्य राखिएको हो ।
चीनमा रहेका धेरैजसो एमजी डिलरमा पुगेको नयाँ एमजी फोरको सुरूमा मिडियाहरुमा आएको रिपोर्टभन्दा कम रेन्ज हुने भएको छ । कम्पनीले अहिलेसम्म ठ्याक्कै रेन्जको वारेमा जानकारी नदिए पनि सानो ब्याट्रीले ४३७ र ठूलो ब्याट्रीले ५३७ किलोमिटर रेन्ज दिने सोहु डटकमले उल्लेख गरेको छ ।

सोहुले प्रकाशित गरेको रिपोर्टका अनुसार यसमा रहेको ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट लाग्ने छ । कम्पनीले नयाँ एमजी फोरलाई फ्रन्ट ह्वील मोटर दिएर ल्याएको छ । यसमा १२० किलोवाटको फ्रन्ट ह्वील मोटर छ, जसले २५० न्युटन मिटर पीकटर्क प्रदान गर्छ ।
एमजीले नयाँ ह्याच ब्याकमा पछाडिको सिट पनि फोल्डिङ गर्न मिल्ने दिएको छ । साथै, लेभल २ एडास फिचरको साथ थुप्रै नयाँ सुरक्षा फिचर पाउन सकिन्छ । पानारोमिक सनरुफ, भ्यान्टिलेटेड र हिटेड सिट, मोर्डन ड्यासबोर्ड, टु स्पोक स्टेरिङ ह्वील जस्ता फिचर दिएको छ ।





