यामाहाको बहुप्रतिक्षित बाइक एमटी–१५ भारतीय बजारमा सार्वजनिक भएको छ ।
यामाहाको नयाँ एमटी–१५ लाई यामाहा आर–१५ भी ३ को नेकेड भर्सनको रुपमा लिइएको छ । नयाँ बाइकको इन्जिन, ब्रेक, सस्पेन्सनलगायत आर–१५ भी ३ बाट लिइएको छ ।
केहि दिन अधि मात्र कम्पनीले आफ्नो आधिकारकि डिलरमार्फत बुकिङ खुल्ला गरेको थियो ।यसअघि बिभिन्न समयमा भारतीय सडकमा टेस्टिङको क्रममा उक्त बाइक देखिएको थियो ।
भारतीय बजारमा सार्वजनिक भएको एमटी–१५ मा टेलिस्कोप र्फक प्रयोग गरिएको छ जसले भारतीय बजारमा यसको मूल्यलाई प्रतिस्पर्धात्मक बनाएको कम्पनीले दाबी गरेको छ ।
यो बाइकको १५५ सीसी लिक्वीड कुल्ड सिगंल सिलिन्डर इन्जिनले १८.७ बिएचपी तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा आर–१५ भी ३ कै भिभिए टेक्नोलोजि प्रयोग गरिएको छ ।
सिक्स स्पीडको गियर बक्स, स्लिपर कल्च, सिगंल च्यानल एबिएस, फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट लस्ता फिचर रहेको यो बाइकको मूल्य १ लाख ३६ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
भारतीय बजारमा सार्वजनिक भएसँगै यो बाइक नेपाल ल्याउने तयारी थालेको कम्पनीले जनाएको छ । सुरुवातमा नेपाली सडकमा टेस्टिङ गरे पश्चात वातावरण अनुकुल भए कम्पनी बाइक नेपाल भित्र्याउने जनाएको छ । यसका लागी भने केहि समय लाग्ने कम्पनीले बताएको । नेपाल आउँदा यो बाइकको मूल्य आर १५ भि३ को जस्तै हुने अनुमान गरिएको छ ।

