ग्राहकले कुनै पनि सवारी साधन खरिद गर्नु भन्दा पहिला टेष्ट ड्राइभ गरेर त्यसको अनुभव बटुल्न चाहन्छन् । ग्राहकहरुको यो चाहना हरेक बिक्रेताले पुरा पनि गर्ने गर्छन् । शोरुम आउने ग्राहकलाइ बिक्रेताहरुले आफ्नो उत्पादनको टेष्ट ड्राइभ गर्न उत्साहितसमेत गर्ने गर्छन ।
टेष्ट ड्राइभ कै क्रममा भारतमा एउटा अनौठो घटना भएको छ । रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० बाइक खरिद गर्न भनेर आएका एक ग्राहकले चेन्नाइ स्थित एक शोरुमबाट उक्त बाइक चोरी गरेर भागेका छन् । शोरुम कर्मचारीले ग्राहकलाई बाइक टेष्ट ड्राइभ गर्ने क्रममा फर्म भर्ने लाइसेन्स राख्ने जस्ता कार्यहरु गर्ने गर्छन । केहि शोरुमहरुले यस्तो रुल नमान्दा यस्ता घटनाहरु घट्ने गरेका छन् ।
बाइक खरिद गर्ने भन्दै आएका दुई जना ग्राहकले बाइकको बारेमा कर्मचारीसँग सबै सोधपुछ पश्चात टेष्ट ड्राइभको लागी अनुरोध गर्छन् । उनले साथीलाइ समेत टेष्ट राइडमा जान अनुरोध गर्छन तर शोरुमका कर्मचारीले अस्वीकार गरे पछि एक्लै जान्छन । यो पटक उनीहरुको योजना बिफल हुन पुगेको छ । यस पछि चेन्नाइकै अर्को शोरुमबाट इन्टरसेप्टर ६५० चोरी भएको सिसिटिभी फुटेज बाहिर आएको छ ।
बाइक चोरी गर्ने व्यक्ति एउटै भएको सिसिटिभी फुटेजमा देखिएको छ । हालसम्म प्रहरीले उक्त चोर पक्रिन भने सकेको छैन । शोरुमले टेष्ट राइड गर्ने ग्राहकलाई फर्म नभराउँदा यस्तो घटना भएको स्वीकार गरेको छ ।


