काठमाडौं । एक साथ चार नयाँ मोडलको कन्सेप्ट देखाएको महिन्द्राको जिन एक्स निकै स्पोर्टी देखिएको छ । भारतीय कार निर्माताले स्वतन्त्रता दिवसको अवसर पारेर ‘भिजिन एक्स’ स्पोर्टी क्रसओभर एसयूभी देखाएको हो ।
निकै मोर्डन बानेटको डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र कुपे जस्तो लाग्ने डिजाइनमा देखिएको भिजन एक्समा धेरै फिचर ‘एक्सईभी नाइन ई’बाट लिन सक्ने देखिएको छ ।

महिन्द्राको टुइन पीक लोगो प्रयोग भएको कारण धेरैले यसलाई एक्सयूभी मोडलकै अपग्रेड हो भन्ने धेरैको अनुमान छ । क्लोलअफ ग्रिल, अगाडि र पछाडि प्रयोग भएका स्लीम लाइटहरु, फ्रन्ट बम्परमा प्रयोग गरिएको फगलाइट जस्ता कुरा एक्सईभी नाइनबाट आउने अनुमान गर्न सकिन्छ ।
निकै स्मार्ट बडी क्लाडिङ, मोर्डन ह्वील र पृथक देखिने ह्वीलआर्कले भिजन एक्सलाई निकै स्टाइलिस देखाएको छ । बडीमा प्रयोग भएका एजहरु, क्यामेराको रुपमा प्रयोग भएको ओआरभीएम, फ्लस टाइप डोर ह्याण्डल दिइएको छ ।

इन्टेरियरको विषयमा धेरै कुरा बाहिर आएको छैन । यसको इन्टेरियरमा कनेक्टेड ड्यूल स्कृन, नयाँ स्टेरिङ ह्वील पाउन सकिन्छ ।
महिन्द्राले ‘एनयू-आईक्यू’ प्लेटफर्ममा तयार पारेको भिजन एसको लम्बाइ ४३२० एमएम हुनेछ । यसलाई इलेक्ट्रीक, हाइब्रिड, डिजेल र पेट्रोल इन्जिनमा ल्याउने गरी महिन्द्राले तयार पारेको हो । भिजन एस सन् २०२७ बाट बजारमा आउने छ ।



