काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नेपाल ल्याएको एस-०५ क्रसओभर एसयूभीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार तोकिएको छ । क्रसओभर सेग्मेन्टमा उपलब्ध एस-०५ लाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्दा मासिक ४३ हजार २६५ रुपैयाँ किस्ता तिर्दा पुग्छ ।
अहिले चलिरहेको नाडा अटो शो २०२५ मा कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमै अटो कर्जा उपलब्ध गराउँदै आएका छन् । यदि, तपाईले कृषि विकास बैंकबाट कर्जा लिएर दीपल एस-०५ को इन्ट्री भेरियन्ट खरिद गर्नुभयो भने ७ वर्षसम्म मासिक ४३ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
तपाईले कर्जा लिँदाको समयमा भन्दा ब्याजदर महंगो पर्न गएको खण्डमा मासिक किस्ता केही बढ्ने छ । यसरी दीपल एस-०५ किन्नेले सुरुमा मूल्यको ४० प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । बाँकी रकम २९ लाख ३९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।
सम्पूर्ण ८४ किस्ताको मासिक बुझाउनु पर्ने रकमको बिबरण थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
यस्तो छ दीपल एस-०५
विश्वप्रसिद्ध आइएफ डिजाइन अवार्डबाट सम्मानित दीपल एस-०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एलइडी टेल लाइटको प्रयोगले आकर्षक देखिन्छ ।
सेग्मेन्ट लिडर फिचरमा जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोड सहितको क्विन को-पाइलट फिचर छ । यसका अगाडि प्रयोग भएका दुवै सिट वेलकमिङ छन् । ठूलो १६० लिटरको फ्रन्ट फ्रंक, आउट डोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर पाउन सकिन्छ ।

दीपल एस-०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किंङ छ । जसले साँघुरो पाकिङ्ग स्पेसमा पनि सहजै पार्क गर्न सहयोग छ । साथै, यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ । जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्स बढाउनेछ ।
दीपलले एस-०५ मा विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलले बनाएको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ । यसको लाइफ कम्तीमा ६ लाख किलोमिटर हुने कम्पनीको दावी छ ।

