काठमाडौं । नेपालको लागि ओमोडा-जेको ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल प्रालिले चाडपर्व केन्द्रित स्कीम सुरू गरेको छ । कम्पनीले आउँदै गरेका दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राख्दै स्कीम ल्याएको हो ।
अहिले एसपीजी अटोमोबाइल कम्पनीले ओमोडा ई-फाइभ, जेको जे-फाइभ र जे-सिक्स गरी तीन एसयूभी नेपालमा बिक्री गर्दै आएको छ । नेपाली बजारमा पछिल्लो समयम आएका ईभी ब्राण्ड मध्ये ओमोडा-जेको पनि सफल ब्राण्डमा पर्छ ।
कम्पनीले आफ्नो बलियो एसयूभी लाइनअपमा स्कीम दिएर उपभोक्ता तान्ने काम गरिरहेको छ । अहिले फेस्टिभ स्कीममा ओमोडा ई-फाइभ किन्दा ७ लाख रुपैयाँ नगद छुट दिइरहेको कम्पनीले अन्य दुई जेको जे-फाइभ र जे-सिक्समा भने समान ४ लाख रुपैयाँ नगद छुट दिइरहेको छ ।
कम्पनीका अनुसार नगद छुटका अलावा एक वर्षको अटो प्लस इन्स्योरेन्स र ७ किलोवाटको वाल माउन्ट एसी चार्ज पनि खरिदकर्ताले निःशुल्क पाउने छन् । यदि, पुरानो गाडी ल्याएर ओमोडा-जेको ब्राण्डका एसयूभी किन्दै हुनुहुन्छ भने तपाईंले एक्सचेन्ज बोनस पनि पाउनु हुन्छ ।
कम्पनीले ओमोडा ई-फाइभ र जेको जे-फाइभमा त स्पेयर टायर पनि उपलब्ध गराउँदै आएको छ । जे-सिक्समा भने स्पेयर किट पाउन सकिन्छ ।
यस्ता छन् ओमोडा-जेको ब्राण्डका एसयूभी
अहिले चलिरहेको स्कीम मूल्यका हिसाबले ओमोडा ई-फाइभ किन्नेले ५४ लाख ९९ हजार रुपैयाँमा पाउने छन् । यसको वास्तविक मूल्य ६१ लाख ६९ हजार रुपैयाँ हो । यसमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । जसको डब्लूएलटीपी रेन्ज ४३० किलोमिटर छ ।
कुपे डिजाइन एसयूभीको रूपमा करिब १८ महिना अगाडि नेपाल आएको ई-फाइभमा ९९ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।

ठ्याक्कै एक वर्ष अगाडि नेपाली बजारमा उपलब्ध रहेको जे-सिक्स एसयूभी लाइफ स्टाइल प्रोडक्टको रूपमा बिक्री हुँदै आएको छ । अफरोड एसयूभीको लुक्स र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सको सहायताले विद्युतीय एसयूभीको बजारमा यसले फरक पहिचान निर्माण गरेको छ ।
अहिले ६५ लाख ९९ हजार रुपैयाँमा किन्न पाइने जेको जे-फाइभमा १३५ किलोवाट क्षमताको पीकपावर भएको मोटर छ । यसलाई ६९ लाख ९९ हजार मूल्य राखेर कम्पनीले बिक्री गर्दै आएको थियो । जे-सिक्स मोडलमा ६५.६९ किलोवाटको एलएफपी ब्याट्री उपलब्ध छ । सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
एसपीजी अटोमोबाइल कम्पनीले केही दिन अगाडि सार्वजनिक गरेको जेको जे-फाइभ ५६ लाख ९९ हजार रुपैयाँमा किन्न सकिन्छ । यसमा १५५ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर छ ।
कम्पनीका अनुसार यसमा यसको रेगुल बिक्री मूल्य ६० लाख ९९ हजार रुपैयाँ हो । यसमा ६१ किलोवाट आवर क्षमताको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४०० किलोमिटर गुडाउन सकिन्छ ।

