काठमाडौं । महिन्द्राले आफ्नो इलेक्ट्रीक एसयूभी बीई-सिक्सको स्पेशल एडिसन बुकिङ खुला गरेको १३५ सेकेन्डमा सोल्डआउट भएको जनाएको छ । भारतीय एसयूभी एक्स्पर्टको इलेक्ट्रीक एसयूभीको नयाँ एडिसनमा उच्च आकर्षण देखिएको हो ।
महिन्द्राले भारतको ७९ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा बीई-सिक्सको व्याटम्यान एडिसन सार्वजनिक गरेको थियो । कम्पनीले सुरुमा ३०० युनिट मात्र बनाउने योजना बनाएकोमा अत्याधिक मागमा कारण ९९९ युनिटसम्म बिक्री गर्ने घोषणा पहिल्यै गरेको थियो ।
बीई-सिक्स ब्याटम्यान एडिसन केही दिन अगाडि देखाएपनि हिजो शनिबार बिहान ११ बजे बुकिङ खुलाइएको थियो । बुकिङ खुला भएको १३५ सेकेण्डमै ९९९ युनिट बीई-सिक्स व्याटम्यान एडिसन सोल्ड आउट भएको कम्पनीले जनाएको हो ।
महिन्द्राको बीई-सिक्स पछिल्लो समय कम्पनीले विकास गरेको ‘बर्न इलेक्ट्रीक प्लेटफर्म ‘इनग्लो’मा बनाएको हो । कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा उपलब्ध बीई-सिक्स केही दिन अगाडि नेपालमा पनि बिक्री सुरु भएको छ ।
बीई-सिक्स ईभीले महिन्द्राको वर्ल्ड क्लास ईभी डिजाइन, टेक्नोलोजी र सेफ्टीमा बेन्चमार्क कायम गर्छ । साथै, पर्फमेन्स र इनोभेसनमा पनि यसलाई अब्बल मान्न सकिन्छ ।


