वीरगंजमा टाटा ईभी अटो शो सुरू, वर्षकै बेस्ट अफर पाइने

काठमाडौं । वीरगंजमा टाटा ईभी अटो शो सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि टाटा ईभी अटो सुरु भएको हो ।

होटल विशुवा बाइपास रोडमा संचालन भइरहेको अटो शो आजसम्म संचालन हुनेछ । टाटा ईभी अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ ।

अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ।

अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।

उक्त अटो शोमा टाटाका ईभी मोडलहरु कर्भ, नेक्सन के थ्री, पन्च र टियागो प्रदर्शन गरिएको छ ।

अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ ।

यो अटो शोले वीरगंज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।


Back_to_top