डाट्सन गो फेसलिफ्ट सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । भारतीय बजारमा सार्वजनिक भएको करिब ६ महिना पछि जापानी कम्पनी डाट्सनले गो मोडलको फेसलीफ्ट नेपाली बजारमा सार्वजनिक गरेको हो । ड्याटसनका गाडी नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ ।

भारतमा डाट्सन पहिलो पटक सन् २०१३ मा सार्वजनिक भएको थियो । डाट्सन गोको फेसलिफ्टमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ । यसको अगाडिको लुक्स, फगल्याम्पको ठाँउमा डेटाईम एलईडि हेडल्याम्प रहेको छ जुन भर्टिकल सेपको सिम्पल लाइनमा रहेको छ । ट्रेपोजाइडल फ्रन्ट ग्रिलमा क्रोमको सराउण्ड लाईनिङ रहेको छ । गाडीलाई हलुका बनाउन अगाडिको बम्परबाट ग्रिल रहेको पार्टभन्दा माथिसम्म प्लास्टिकको प्रयोग गरिएको छ । अगाडिको बनट भने मेटलको रहेको छ ।

गो फेसलिफ्टको साईड प्रोफाइल हेर्दा १४ इन्चको अलोय ह्वील प्रयोग गरिएको छ भने बडी कलर डोर ह्याण्डल रहेको छ जसले कारको ग्राउण्ड क्लियरेन्स १८० एमएम बनाएको छ । ओआरभिएम इलेक्ट्रिकल एडजस्टेवल तथा डूअल कलरटोनको रहेको छ भने रुफ रेलको प्रयोगले कारलाई स्पोर्टि लुक्स दिएको छ । पछाडिबाट हेर्दा कारलाई क्रोमको प्रयोगले राम्रो देखाएको छ । यसमा रियर वाईपर रहेको छ भने स्पोइलर मिसिङ रहेको छ । पछाडि रियर पार्किङ क्यामराको सट्टामा पार्किङ सेन्सर मात्र रहेको छ ।

कारको इन्टेरियर अलव्ल्याक रहेको छ जुन फ्रस देखिएको छ । यसका ५ इन्चको इन्फोटेन्मन्ट सिस्टम रहेको छ जसले एन्ड्रोइड र एप्पल कार प्ले सपोर्ट गर्दछ । अगाडिको दुवै सिटमा फिक्स हेडरेस्ट रहेको छ भने गियर बक्सको लोकेसन उत्कृष्ट स्थानमा रहेको छ । 

गो फेसलिफ्टमा चारैवटा पावर विण्डो रहेको छ । डूअल टोनको स्टेरिङ ह्वील अलि पातलो महसुस हुने खालको रहेको छ । इन्स्टुमेन्ट क्लस्टरमा ट्याकोमिटर पनि रहेको छ र फिउल इफिसियन्सीको लागि गियर सिफ्ट गर्ने रेन्ज पनि दिईएको छ । 

कारमा एसी रहेको छ तर क्लाईमेट कन्ट्रोल भने उपलब्ध छैन । यूएसवी तथा अक्सको प्लग सारै तल रहेको छ । पछाडिको सिट डिसिन्ट खालको रहेको छ । रियर एसी भेन्ट हुने ठाँउमा सानो स्टोरेज रहेको छ । यस कारमा २६५ लिटरको बुट स्पेस रहेको छ तर यसको हाइट अलि बढी रहेको छ । बुट स्पेसको माथि पार्सल ट्रे पनि भएको भए अझ राम्रो हुने थियो ।

सुरक्षाको लागि स्ट्याण्डर फिचरको रुपमा सबै भेरियन्टमा इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम तथा डूअल एयरब्याग रहेको छ । यस कारमा १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन अफ्सन मात्र रहेका छ । यसले ५००० आरपीएम मा ६८ बीएचपी पावर तथा ४००० आरपीएम मा १०४ एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीले यसको माईलेज २० किलोमिटर प्रतिलिटर रहेको दाबी गरेको छ । यो कारमा ३५ लिटरको फिउट ट्याङ्क रहेको छ । यो कारले १३.३ सेकेन्डमा १०० किमी प्रतिघण्टाको स्पिड लिन सक्छ । नेपालमा गो फेसलिफ्टको सुरुवाती मूल्य २४ लाख ९९ हजारदेखि २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top