भारत मेड कियाको नयाँ एसयूभी अर्को महिना आउने, यी ५ कारण चर्चा धेरै

कोरियाली कार निर्माता कम्पनी किया मोटर्सले भारतीय बजारमा एसपीआइ टू सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो भारतीय उत्पादनको बिक्री सुरु गर्ने भएको हो । कियाले २०१८ को अटो एक्स्पोमा उक्त मोडल प्रदर्शन गरेको थियो भने आगामी अप्रिलमा भारतीय बजारमा ल्याउने तयारी गरेको छ । यो मोडलबारे जान्नै पर्ने केही तथ्य यस्ता छन् । 

एक्सटेरियर विशेषता

कियाको एसपीआइ टूको एक्सटेरियरमा डबल हेडल्याम्प, सेट अप, कियाकै टाइगर नोज ग्रिल डिजाइन, प्रोमिनेन्ट सोल्डर लाइन र ग्लास हाउसको विशेषता दिइएको छ । गनमेटल ग्रेबाट निर्मित अलोय ह्वील लगाइएको छ भने स्पोर्टियर भर्सनमा निर्माण भएको एसपी एसयूभीमा स्टान्डर्ड बढी किट दिइएको छ । 

इन्टेरियर

यसको इन्टेरियरमा लार्ज टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री रिभर्स क्यामरा, वायरलेस चार्जिङ र वाइफाइ, हेड अप डिस्प्ले, एम्बिनेन्ट लाइटिङ प्याकेज र फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको विशेषता उपलब्ध हुनेछ । यसमा अटोमेटिक भर्सनको प्याडल शिफ्टरको विशेषता समेत रहेको कम्पनीले जनाएको छ । 

पावरट्रेन 

किया एसपीआई टूमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । बीएस–६ मापदण्ड अनुसार नै निर्माण भएको उक्त मोडलमा उपलब्ध इन्जिनले १४० बीएचपी उत्पादन गर्छ । दुवै इन्जिनमा म्यानुअल र अटोमेटिक गियरबक्स लगाइएको छ । 

सार्वजनिक हुने मिति र मूल्य 

यो मोडल आगामी अप्रिलमा सार्वजनिक हुनेछ भने, यसकाे मूल्य १० लाखदेखि १६ लाख भारुसम्म गर्ने अनुमान गरिएको छ । 

प्रतिस्पर्धी मोडल

यसले हुन्डाई क्रेटा, निशान किक्स, रेनो क्याप्चर र टाटा ह्यारियर लगायतका मोडलसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 


Back_to_top