काठमाडौं । बजाज मोटरसाइकलमा अनौठो स्कीम चलिरहेको छ । भदौ १९ गतेदेखि चलिरहेको स्कीममा तपाईले कर नतिरेको कुनै पनि पुरानो मोटरसाइकल दिएर नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न पाउने हुनु भएको हो ।
बजाजको लागि नेपालको आधिकारीक बिक्रेताले हंशराज हुलास चन्द एण्ड कम्पनीले बजाज ‘साटा–साट’ स्कीम चलाइरहेको छ । उक्त स्कीम अनुसार तपाईको पुरानो मोटरसाइकलको कर र जरिवाना तिर्न बाँकी छ भने जति अवधिको भएपनि कम्पनीले नै तिरिदिनेछ ।
उपत्यका भित्र रहेका सबै बजाज शोरुमहरुमा यो स्कीम लिन सकिने कम्पनीको भनाइ छ । तपाईसँग कर र जरिवाना तिर्न बाँकी कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल छ भने तपाईको लागि यो स्कीम उत्कृष्ट हुनसक्छ । उक्त स्कीम भदौ २५ गतेसम्म मात्रै संचालन हुने कम्पनीले जनाएको छ ।
आफुसँग भएको पुरानो मोटरसाइकल दिएर नयाँ बजाजको मोटरसाइकल खरिद गर्दा बजाजले अहिले चलाइरहेको चाडपर्व स्कीममा पनि पाइने छ ।
‘एक्सचेन्जमा आउने कुनै पनि ब्राण्डको पुरानो मोटरसाइलमा बाँकी रहेको कर र जरिवाना कम्पनीले तिर्नेछ । त्यसको अलवा अहिले चलिरहेको दशैं स्कीम पनि ग्राहकले पाउने छन्’, कम्पनी स्रोतले भन्यो ।
बजाजले आउँदै गरेको चाडपर्व स्कीमको नाम ‘बीपीएल’ दिएको छ । त्यसलाई बजाज प्रिमियर लिग भनेको छ । उक्त स्कीमको ट्यागलाइन भने ‘मनाऔं जितको उत्सव’ राखिएको छ ।
बजाज अहिले पनि सबैभन्दा धेरै मानिसले रुचाएको ब्राण्ड हो । कम्पनीका पल्सर सिरिज, एभेन्जर, डोमिनार जस्ता सिरिज नेपाली बजारमा पनि निकै लोकप्रिय छन् ।


