टाटा मोटर्सले २०१८ मा १० लाख सवारी विक्री गर्दै पुग्यो एलिट क्लबमा

भारतीय सवारी उत्पादक कम्पनी टाटा पहिलो पटक मिलियन क्लबमा प्रवेश गरेको छ । टाटा मिलियन क्लबमा प्रवेश गर्ने पहिलो भारतीय सवारी उत्पादक कम्पनी हो । यो संगै टाटा विश्वको १६औं ठूलो लाइट भेइकल कम्पनी बनेको छ ।

यो क्रममा टाटाले चिनियाँ कम्पनी चानजेन र एसएआइसीलाई समेत पछि पारेको होे । २०१८ मा टाटा मोटर्सले १० लाख ४९ हजार सवारी बिक्री गरेको थियो । २०१७ मा भने टाटाले ९ लाख ८६ हजार सवारी बेचेको थियो । यो टाटाले बिक्री गरेको लाइट भेइकल कार, साना पिकअप सहित ३.५ टनसम्मका गाडी समावेश रहेका छन् ।

अटोमोटिभ कन्सलट्यान्सी जेएटीओ डाइनामिक्सका अनुसार टाटा २० ठूला अटोमोबाइल कम्पनीको तुलनामा सबैभन्दा छिटो विक्रि वृद्धि गर्ने ब्रान्डमा तेस्रो स्थानमा रहेको छ ।

टाटा मोटर्स २०१८ मा विश्वको १६औं ठूलो कार उत्पादक त बन्यो तर विश्व कार बजारको खेलाडी बन्न उसका लागि यो नै पर्याप्त नभएको जेएटीओका ग्लोबल एनालिस्ट फेलिप मुनोजको भनाइ छ । टाटाको जेएलआर ब्रान्डले यो अभियानमा मद्दत गरेको उनको भनाइ छ ।

टाटाका उत्पादन प्रति उपभोक्ताको प्रगाड माया नै यसको कारण भएको टाटा मोटर्सका एमडी गुन्टर बटसेकले बताए । कम्पनीले अहिले भएको सवारी पोर्टफोलियोमा आवश्यकता अनुसार नयाँ सवारी बजारमा ल्याउँदै जाने समेत उल्लेख गरे । त्यस्तै टाटा मोटर्स अटो विश्वको प्राविधिक लिडर बन्ने योजना रहेको रहेको उनका भनाइ छ ।


Back_to_top