गो-जेरो भारतमा प्रवेश, दुई इलेक्ट्रीक साइकल सार्वजनिक

बेलायती इलेक्ट्रीक बाइक तथा लाइफस्टाइल ब्रान्ड गो-जेरो मोविलिटी भारतीय बजारमा प्रवेश गरेको छ । गो-जेरोले बुधबार भारतमा २ वटा इलेक्ट्रीक बाइक (साइकल) वान र माइल सार्वजनिक गरेको हो । 

गो-जेरो वानमा ४ सय डब्लूएचको लिथियम ब्याट्री रहेको छ जुन फुल चार्जमा ६० किलोमिटर कुदाउन सकिन्छ । यसको मूल्य ३२ हजार ९९९ भारु तोकिएको छ । त्यस्तै गो-जेरो माइलमा ३ सय डब्लूएचका लिथियम ब्याट्री रहेको छ जसले फुल चार्जमा ४५ किलोमिटर दूरितय गर्छ । माइलको भारतीय बजार मूल्य २९ हजार ९९९ भारु तोकिएको छ । 

बेलायती कम्पनी गो-जेरोले कोलकाता स्थित भारतीय कम्पनी क्रिती सोलारले टाइअप गरेको छ । दुई कम्पनीले अहिले बजारमा ल्याइएका साथै भविष्यमा आउने नयाँ बाइक समेत उत्पादन गर्नेछन् । 

भारत सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिएको अवस्थामा दुईपांग्रे सवारी उत्पादक कम्पनी गो-जेरो भारत आउने यो उपयुक्त समय भएको गोजेरो मोविलिटीका सीइओ अंकित कुमारको भनाइ छ । 

गो-जेरोका उत्पादन भारतका साथै अफ्रिका तथा दक्षिण–पूर्वी एसियाका लागि समेत उपयुक्त रहेको उनको भनाइ छ । यो वर्ष भारतीय बजारमा ३ हजार युनिट बिक्री गर्ने र आगामी ५ वर्षमा यो बढेर ७५ हजार युनिट पुग्ने अपेक्षा कम्पनीले गरेको अंकित कुमारले बताए । 

कम्पनीले अबको केही समयमा नयाँ मोडल डेलिभर, वान डब्लू तथा जेरो स्मार्ट बेलायत तथा युरोपका साथै भारतमा पनि सार्वजनिक गर्ने छ । भारतमा आगामी २ वर्षमा १ हजार रिटेलर नेटवर्क बनाउने बताएको छ । 

हाल कम्पनीले भारतको कालकतामा वार्षिक २० हजार युनिट बाइक उत्पादन क्षमताको फ्याक्ट्री स्थापना गरेको छ । 


Back_to_top