काठमाडौं । प्यूजोले भारतीय बजारमा इलेक्ट्रीक स्कुटर इ-लुडिक्स सार्वजनिक गर्ने तयारी गरेको छ । ५० सिसि पेट्रोल बाइकको इलेक्ट्रीक संस्करण इ-लुडिक्सको उत्पादनमा भारतको महाराष्ट्र पुनेबाट हुने कम्पनीले जनाएको छ ।
विशेषत युवा ग्राहकलाई लक्षित गर्दै निर्माण गरिएको उक्त स्कुटरमा आकर्षक स्टाइल, एप्रोनको साइटमा हेलोजन लाइट, फ्रन्ट बम्पर प्लेट, टर्न इन्डिकेटर र ह्यान्डलबार लगाइएको छ ।
डिस्प्लेमा स्पिड, रेन्ज रिमाइनिङ र समयको जानकारी आउने छ भने स्मार्टफोन कनेक्सनका लागि भिआइए ब्लुटुथ जस्ता विशेषता दिइएको छ ।
स्क्ुटरमा लिथिएम आयान ब्याट्री लगाइएको छ यसले फुल चार्जमा ५० किलोमिटरको रेन्ज प्रदान गर्छ । स्कुटर फुल चार्ज हुनको लागि करिब तीन घन्टा लाग्ने कम्पनीले जनाएको छ । यसको फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको छ । यस्तै फ्रन्टमा अपसाइड डाउन फर्क र पछाडि सिंगल साइड स्प्रिंग लगाइएको छ ।
भारतीय बजारमा महिन्द्राले प्यूजोको मोटरसाइकल र स्कुटरको बिक्री गर्ने भएको छ । फ्रान्सेली कम्पनी प्यूजोको भारतमा महिन्द्रा कम्पनीले ५१ प्रतिशत हिस्सा लिएको छ ।

