काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आगामी असोज ९ गते (सेम्टेम्बर २५)देखि चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ ।
एयरलाइन्सले एक सूचना जारी गर्दै असोज ९ गतेदेखि काठमाडौं-ग्वाङझाउ-काठमाडौं रुटमा उडान गर्न लागेको जानकारी गराएको हो ।
यस रुटमा ‘प्रमोसनल फ्लाइट’ गर्न लागिएको एयरलाइन्सले जनाएको छ । ग्वाङझाउ नेपाल एयरलाइन्सको पहिलो नियमित उडान समेत हुनेछ ।
हाल काठमाडौं ग्वाङझाउ रुटमा चिनियाँ एयरलाइन्स कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ ।

