आज ३ मन्त्रीले सपथ लिने : अर्थमा खनाल, भौतिकमा घिसिङ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीले आज सपथ लिने भएका छन् ।

आइतबार बेलुका नाम टुंगो लगाइएसँगै आज उनीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी गरिएको हो ।

प्राप्त जानकारी अनुसार पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै, अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने टुंगो भएको छ । अर्याल काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार समेत हुन् ।


Back_to_top