काठमाडौं । टाटा मोटर्सको प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज फेसलिफ्टले ५ स्टारको रेटिङ पाएको छ । अल्ट्रोज फेसलिफ्टले भारत एनक्यापको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको हो ।
क्रयास टेस्टमा टाटा अल्ट्रोज फेसलिफ्टले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ३२ मा २९.६५ स्कोर र चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ४९ मा ४४.९० पाएको हो ।
टाटाको अल्ट्रोज भारतीय एनक्यापमा टेस्ट गरिएको नवौं मोडलको कार हो । यसअघि पनि टाटाका विभिन्न मोडलहरूले उक्त क्रयास टेस्टमा उत्कृष्ट स्कोर पाएका थिए ।
टाटा अल्ट्रोजको फेसलिफ्ट मोडलमा बेस भेरियन्टबाटै ६ वटा एयरब्याग, एबीएस, ईएससी र सबै प्यासेन्जरलाई थ्रीपोइन्ट सिटबेल्ट रहेको छ ।
यसको माथिल्लो भरिएन्टहरूमा ३६० डीग्री क्यामरा, ब्लाइण्ड स्पट मनिटरिङ, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत थप फिचरहरू रहेको छ ।


