काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्सले महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा विक्री पछीको सेवाको लागि चैत्र ११ गतेबाट जितपुर, सिमरा, उपमहानगरपालिकामा नयाँ वर्कसप संचालनमा ल्याएको छ ।
योसहित कम्पनीको नेपालभर ३४ सर्भिस सेन्टर पुगेको छ भने, २०० भन्दा बढी टेक्निसियनहरु मार्फत विक्री पछिको सेवा प्रदान गर्दै आएको जनाएको छ ।
उक्त नव निर्मित वर्कसपको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर प्रमुख के रवी, दुगड ब्रदर्स एण्ड सन्सका भाइस चेयरम्यान बिबेक दुगड, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड चैतन्य कागल्कर, कन्ट्रि मेनेजर सर्भिस नेपाल र भुटान तपस पट्टनायकलगायतको उपस्थितिमा गरिएको थियो ।
२० सर्भिस वे भएको यो वर्कसप १६,००० वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ । साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७००० वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।


