काठमाडौं । गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई २० वटा मोटरसाइकल प्रदान गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० वटा मोटरसाइकल हस्तान्तरण गरेको हो ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
गोल्छा ग्रुपले ट्राफिकलाई १५० सीसीको बजाज पल्सर मोटरसाइकल उपलब्ध गराएको हो ।

