काठमाडौं । मारुती सुजुकीले आफ्नो चर्चित कार गाडी इकोको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो इको कारमा नयाँ सुरक्षा विशेषता समेत थपेको छ । कम्पनीले उक्त मोडलमा एबीएस, ड्राइभर एयर ब्याग, रियर पार्किङ सेन्सर, स्पिड वार्निङ अलर्ट, सिट वेल्ट रिमाइन्डरलगायत विशेषता थपेको छ ।
यो कार प्यासेन्जर, टुर र केयर भेरियन्टमा उपलब्ध छ । जसअन्तर्गत टुर भेरियन्ट क्याब ओपरेटर, केयर भेरियन्ट एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएको छ । यसमा जी१२बी १.२ लिटर फोर सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ । जसले ६ हजार आरपीएममा ७३.४२ पीएस पावरका साथै ३ हजार आरपीएममा १०१ एनएम टर्क उत्पादन गर्छ ।
यसले प्रतिलिटर १६.२ किलोमिटर माइलेज प्रदान गर्छ । भारतीय बजारमा यस मोडलको मूल्य ३ लाख ३७ हजार ८६ रुपैयाँ भारु रहेको छ भने, हाइ भेरियन्टको मूल्य ६ लाख ३३ हजार ४४५ भारतीय रुपैयाँ रहेको छ ।

