काठमाडौं । आगामी दुईदेखि तीन वर्ष भित्र विद्युतीय सवारी साधनको मूल्यमा ठूलो गिरावट आउने देखिएको छ । महँगो लागतको लिथियम ब्याट्रीलाई सोडियम आयोन ब्याट्रीले विस्थापन गर्ने भएसँगै मूल्यमा व्यापक गिरावट आउने भएको हो ।
‘सोडियम आयोन ब्याट्री इन्ड्रष्टी चेन एण्ड स्ट्याडर्ड डेभलपमेन्ट फोरम’मा सहभागि विज्ञहरूले सोडियम आयोन ब्याट्री अब परीक्षणको चरण पार गर्दै ठूलो परिमाणमा उत्पादन सुरू हुन लागेको बताए । सिना फाइनान्सका अनुसार आगामी २ वा ३ वर्षभित्र यसले पूरै ब्याट्री बजारमा पकड जमाउने छ ।
कार्यक्रममा सहभागि विज्ञहरूका अनुसार सोडियम आयोन ब्याट्रीले परम्परागत लिथियम आयोन टेक्नलोजीलाई पूर्णरुपमा प्रतिस्थापन गर्नेछ । सोडिम ब्याट्रीहरुको हाइ पावर आउटपुट, स्ट्रङ लो टेम्प्रेचर पफर्मेन्स, हाइ सेफ्टी र कम मूल्य हुने भएको कारण सबै किसिमले उपयुक्त हुने बताए ।
सन् २०२६ बाटै बजारमा बिक्री सुरू हुने सोडियम आयोन ब्याट्री गाडीहरू, यूपीएस, इनर्जी स्टोरेजको फ्रिक्वेन्सी रेगुलेटमा प्रयोग हुनेछ । अहिले कम मूल्यको कारण प्रयोग हुँदै आएको लिड एसिड ब्याट्रीलाई पनि यसले विस्थापन गर्छ ।
धेरै किसिमका फाइदा भएपनि सोडियम आयोन ब्याट्रीमा इनर्जी डेन्सीटी भने लिथियम ब्याट्रीको तुलनामा कम हुन्छ । तर, सोडियम बेस ब्याट्री तीव्र गतिमा चार्जिङ र डिस्चार्जिङ गर्न मिल्ने हुनेछन् ।
यसको लो टेम्प्रेचरमा उत्कृष्ट पफर्मेन्स हुने भएको कारण हाइ पावर र हाइ करेन्ट चाहिने इक्युपमेन्टमा यसलाई प्रयोग गर्न सकिन्छ । यसको सुरुवाती परीक्षण कमर्शियल भेहिकल, माइनिङ मेसिनहरू, कन्ट्रक्सन इकुप्मेन्ट, एग्रिकल्चर मेशिनहरू र हाइब्रिड इन्जिन भएका गाडीमा हुनेछ ।
विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादन सीएटीएलले पनि सोडियम आयोन ब्याट्रीलाई डाइभर्सीफाइड टेक्नोलोजी रोडम्यापमा राखेको छ । गत अप्रिलमा कम्पनीले पहिलो लार्ज स्केल मास प्रडोक्सन सोडियम ब्याट्री लन्च गरेको थियो ।
सीएटीएलको सोडियम आयोन ब्याट्रीको इनर्जी डेन्सीटी १७५ वाटआवर प्रतिकेजी छ । यो ब्याट्रीले धेरै ईभीमा आवश्यक हुने ५०० किलोमिटरको प्योर इलेक्ट्रीक रेन्ज दिनसक्ने कम्पनीलको दाबी छ ।


