एबीएस तथा सीबीएसको विशेषता थपगरि आफ्नो स्कुटरलाई परिमार्जन गर्दै आएको पियाजिओले भेष्पा एलएक्स १२५ मा नयाँ सुरक्षा विशेषता थप गरेको छ । नयाँ विशेषतासंगै कम्पनीले स्कुटरको मूल्य समेत बढाएर ७८ हजार ७ सय ५० भारु निर्धारण गरेको छ ।
हाल भारतीय बजारमा भेष्पा जेडएक्स कम्पनीको सबैभन्दा महङ्गो स्कुटर बनेको छ । भारतमा लागू हुने नयाँ प्रदूषण तथा सुरक्षा नीतिका कारण कम्पनीले नोट्टे १२५ स्कुटरलाई भने रिप्लेस गर्ने तयारी गरेको छ । यो स्कुटर बन्द हुने संभावना रहेको छ ।
एलएक्स १२५ को दुबै पाँग्रामा ड्रम ब्रेक दिइएको थियो भने सीबीएस युक्त नयाँ मोडलको फ्रन्टमा डिस्क ब्रेक दिइएको छ । यो बाहेक स्कुटरमा कुनै परिवर्तन गरिएको छैन । यो स्कुटरम पुरानै १२५ सीसी कार्बोरटेड, थ्री भल्व सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । जसले ७२५० आरपीएममा ९.६ बीएचपी पावरका साथै ६२५० आरपीएममा ९.९ एनएम टर्क उत्पादन गर्छ । यसले सुजुकी एक्सेस १२५ सीबीएस, सुजुकी बर्गम्यान स्ट्रिट, होन्डा ग्रजिया र होन्डा एक्टिभा १२५ जस्ता स्कुटरसंग प्रतिस्पर्धा गर्नेछ ।


