काठमाडौं । विश्वको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी टोयोटा विद्युतीय कारमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने पहिलो कम्पनी बन्ने भएको छ । चिनियाँ उत्पादकहरु सोलिड स्टेड ब्याट्रीको चर्चामा भएपनि टोयोटा नै अगाडि हुने भएको हो ।
जापानी उत्पादकले सन् २०२७ बाट आफ्नो विद्युतीय कारमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने भएको छ । टोयोटाले यसको सफल परीक्षण पुरा गरेको रिपोर्टहरु प्रकाशित गरेका छन् । तर, कम्पनीले भने २०२७ बाट मास प्रोडक्सन हुने जनाएको छ ।
टोयोटाले पहिलो सोलिड स्टेट ब्याट्री उच्च पावर क्षमता भएको स्पोर्ट्स कारमा प्रयोग गर्ने कुरा बाहिर आएको छ । विभिन्न रिपोर्टले गरेको दावी अनुसार ‘लेक्सस एलएफए’को सक्सेसर मोडलमा प्रयोग हुनेछ ।
ब्याट्री भएको खोजलाई टोयोटाले आफ्नो स्पेशल कारमा पहिलो प्रयोग गर्ने संकेत दिइसकेको छ । नयाँ स्पोर्ट्स कार लेक्ससको ‘इलेक्ट्रीफाइड स्पोर्ट्स कन्सेप्ट’मा आधारित हुने सम्भावना छ । स्पोर्ट्स कारमा तौलको ठूलो भूमिका हुने भएकोले सोलिड स्टेटको सम्भावना त्यसमा देखिएको हो ।
टोयोटाले लेक्ससको दुई सिट क्षमताको स्पोर्टी डिजाइनमा बन्ने कार हाइपवार, कम्प्याक साइज र लङ रेन्जमा ल्याउने छ । स्पीडको लागि यसअघि ने धेरै कम्पनीले ईभी बनाइसकेका छन् । तर, उनिहरुको समस्या गाडीको वेट र कर्नरिङमा छ । त्यसलाई समाधान गर्ने बाटोमा टोयोटा देखिएको हो ।
सोलिड स्टेट ब्याट्रीले हाइपावर डेन्सीटी दिने भएकाले यसको प्याक सानो साइज र कम तौलमा हुनेछ । यी ब्याट्रीको लामो आयु, छिटो चार्जिङ स्पीड र ब्याट्री नै फुटेपनि नपड्कने भएकाले धेरै सुरक्षीत मानिन्छ ।

