मासिक साढे ८ हजारमै ट्रायम्फ स्पीड ४०० मोटरसाइकल

काठमाडौं । ट्रायम्फको स्पीड ४००मोटरसाइकल अब मासिक ८ हजार ५१६ रुपैयाँ किस्ता तिरेर किन्न पाइने भएको छ ।

नेपालका लागि ट्रायम्फको आधिकारिक बिक्रेताहसंराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको आकर्षक फाइनान्स स्कीम अन्तर्गत उक्त सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले ३६महिना किस्ताबन्दी सुविधा पाउने छन् । ट्रायम्फको स्पीड ४०० मोटरसाइकल किन्न चाहनेग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ भने ४० प्रतिशत ऋण पाउने छन् ।

नेपाली बजारमा ट्रायम्फको स्पीड ४०० कोमूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ मूल्य छ । जसमा ग्राहकले सुरुमा ६० प्रतिशत अर्थात्३ लाख ९५ हजार ९४० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ ।

बाँकी २ लाख ६३ हजार ९६० रुपैयाँ ग्राहकले ९.९९प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । जुन रकम ग्राहकले ३६ महिनामा मासिक ८ हजार ५१६रुपैयाँ दरले तिर्न सक्ने कम्पनीले जनाएको छ ।

 यस्तो छ ट्रायम्फको स्पीड ४०० मोटरसाइकल 

स्पीड मोटरसाइकलमा ३९८.१५ सीसीको सिंगलसिलिण्डर, फोर भल्ब, लिक्विड कुल्ड, डीओएचसी, एफआई, युरो ५ कम्प्लाइन्टकोइन्जिन पाउन सकिन्छ । यस इन्जिनले अधिकतम ४० पीएस पावर तथा ३७.५ एनएमको टर्कजेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र टर्क एसिस्ट क्लच पनि दिएको छ ।

स्पीड ४०० मा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल,स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, पूरा एलईडी लाइट सेटअप, राइड बाई वायर थ्रोटल, इमोबिलाइजर, टाइप सी यूएसबी चार्जिङ पोर्ट, डबल च्यानल एबीएस, अपसाइड डाउनफर्क र ग्यास मोनोसक सस्पेन्सन लगायत फिचरहरू छन् ।


Back_to_top