एथर रिज्टाको बिक्री आक्रमक, २ लाखको माइलस्टोन पूरा

काठमाडौं । भारतीय दुईपाँग्रे इलेक्ट्रीक निर्माता एथरको रिज्टा इलेक्ट्रीक स्कुटरले भारतमा २ लाख युनिट बिक्री पूरा गरेको छ ।
 रिज्टा बजारमा आएको डेढ वर्ष अवधिमै २ लाख युनिट बिक्री पूरा भएको हो । भारतीय बजारमा एथरको रिज्टा मोडल सन् २०२४ को अप्रिल महिनामा सार्वजनिक भएको थियो ।
बजारमा आएसँगै रिज्टा स्कुटर फ्यामिली सेग्मेन्टमा निकै चर्चा बटुल्दै हाल भारतमा एथरको ७० प्रतिशतभन्दा बढि हिस्सा रिज्टा मोडलले मात्रै ओगटेको छ । कम्पनीले अहिलेसम्म सबै मोडल गरेर ५ लाख भन्दा बढी युनिट स्कुटर बिक्री गरिसकेको छ ।
भारतीय बजारमा रिज्टा मोडल बाहेक अन्य मोडलका रूपमा एथरको ४५० एस, ४५० एक्स र ४५० एपेक्स मोडल उपलब्ध छन् । एथरको यी मोडलमा छुट्टा छुट्टै ब्याट्री प्याक भेरियन्ट अप्सन पनि रहेको छ ।
एथरको इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा पनि उपलब्ध छन् । एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इनर्जीले रिज्टा र एथर ४५० दुई मोडलमा स्कुटर बिक्री गर्दै आइरहेको छ ।


Back_to_top