होन्डाले २०१५ मा जापनमा आयोजित टोकियो मोटर शोमा थ्री ह्वीलर कन्सेप्टबारे जानकारी गरेको थियो । हाल, होन्डाले सोही अवधारणामा निर्माण गरि थ्री ह्वीलर मोटरसाइकल बजारमा ल्याउने तयारी गरको छ ।
होन्डाले नियोवींगको पेटेन्ट युरोपियन पेटेन्ट अफिसबाट लिएको हो । यामाहा निकेनको स्वरुपमा निर्माण भएको यो मोटरसाइकललाई राइडर स्पोर्टको बाइकको जस्तै कोनर्समा ४५ डिग्री झुकाइएको कम्पनीले जनाएको छ ।
यसमा उपलब्ध ८७४ सीसी इनलाइन थ्री सिलिन्डर मोटरले १११.८ बीएचपी पावरका साथै ८७.५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ । मोटरसाइकललाई शार्प लुक र एंगुलर लाइन्स दिइएको कम्पनीले जनाएको छ ।
बाइकमा सिटिंग स्टान्स दिइएको छ भने, एलइडी लाइट्स, अलोय ह्वील्स, डबल ब्यारल एक्जस्ट लगाएका विशेषता प्रदान गरिएको छ । बजारमा कहिले ल्याउने भन्ने यकिन मिति निर्धारण नगरेतापनि कम्पनीले यथासक्य चाँडो बजारमा उतार्ने संकेत देखाएको छ ।


