काठमाडौं । काठमाडौंको बाहिरी चक्रपथ निमार्णका लगि लगानी सम्मेलन माफर्त ४ वटा प्रस्ताव आएको छ । ४ वटा कम्पनीहरुले प्रस्ताव गरेको बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ ।
बाहिरी चक्रपथको कुल लम्बाइ ७१.९३ किलोमिटर रहेन छ । बाहिरी चक्रपथ निर्माणका लागि सडकको केन्द्रबाट दायाँ–बायाँ २ सय ५० मिटर जग्गा ल्यान्डपुलिङमार्फत लिनुपर्ने छ ।
सो सडक ५० मिटर चौडाको बनाइने छ । लिइएका जग्गामा आवश्यक सबै भौतिक संरचना निर्माण गरिने छ । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङरग मैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।
काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली,बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोगंबु, हिलेडोल, मनमैंजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, हुँदै जानेछ ।
भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, खरीपाटी, दधीकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाईने छ । ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, धापाखेल, बुङ्मती, खोकना, कीर्तिपुर क्षेत्र, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुगेर चक्रपथ बनाईने छ ।
२०७५ साल चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा सो योजनाका लागि रकम भित्रिएको लगानी बोर्डले जानकारी दिएको छ । लगानी बोर्डको कार्यालय ती मध्ये पहिलो चरणमा २७ वटा योजनाका लागि २०१९ अगष्टसम्म विकास कर्ता छनोट गरिसक्नु पर्नेछ ।
यस्तै दोस्रो चरणमा १४ वटा योजना २०२० फेबुअरी २० सम्म विकासकर्ता छनोट भइसक्नु पर्ने छ भने तेस्रो चरणमा ६ परियोजनाका लागि २०२० को २० अगष्ट २० तारिख भित्र विकास कर्ता छनोट गरिसक्नु पर्ने छ ।


