काठमाडौं । रामेछापको मन्थली एयरपोर्टमा तारा एयरको विमान दुर्घटना भएको छ । लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिँदा दुर्घटना भएको हो ।
विमान दुर्घटनामा परेसंगै रामेछापको मन्थली विमानस्थल बन्द भएको छ । सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ कलसाइन भएको ड्रोनियर जहाज रनवेमा चिप्लिएको थियो । जहाजको हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने विमानस्थल कार्यालयले अनुमान गरेको छ ।
जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय क्षति नभएको विमानस्थलको भनाई छ । धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ । जहाज नहटाएसम्म विमानस्थल सुचारू हुने छैन ।


