कारको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिकको मृत्यु

काठमाडौं । कारको ठक्करबाट रुपन्देहीको बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित धागो कारखाना नजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

तीव्र गतिमा आएको कारको ठक्करबाट घाइते पाललाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने कार र कारको चालक गुल्मीको रेसुङ्गा नगरपालिकाका १ बस्ने वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Back_to_top