भारत एनक्यापमा परीक्षण भएका २६ कार, कुनको सेफ्टी रेटिङ कति ?

काठमाडौं । भारत एनक्यापमा अहिलेसम्म क्र्यास टेस्ट भएका २६ कारको नतिजा सन्तोषजनक देखिएको छ । केही ब्राण्ड माथि भारत एनक्याप निकै उदार भएको भान हुन्छ ।

केही मोडलले बयस्क यात्रुको सुरक्षामा ३२ मा ३२ अंक प्राप्त गरेका छन् । आसियन एनक्याप, अस्ट्रेलियन एनक्याप जस्ता परीक्षणमा पूर्णाङ्क बरबरकै रिजल्ट सम्भव भएको देखिँदैन । तर, भारत एनक्यापले पुरै अंक प्रदान गरेको देखिन्छ ।

अहिलेसम्म भारत एनक्यापमा सबैभन्दा धेरै मोडल टाटाले परीक्षण गरेको छ । टाटापछि महिन्द्रा, मारुती सुजुकी लगायतका ब्राण्ड छन् । किया, हुन्डाई, टोयोटा जस्ता ब्राण्डले एक÷एक मोडलको क्र्यास टेस्ट गराएका छन् ।

सन् २०२३ डिसेम्बरबाट सुरु भएको भारत एनक्यापमा परीक्षण भएका २६ कारले प्राप्त गरेको सेफ्टी रेटिङ र अंक तल उल्लेख गरिएको छ ।

टाटा सफारी

टाटाको ठूलो साइजको एसयूभी सफारीको भारत एनक्याप टेस्ट २०२३ डिसेम्बरमा भएको थियो । उक्त टेस्टमा सफारीले फाइभ स्टार रेटिङ पाउन सक्यो । यसले बयस्क यात्रु सुरक्षामा ३२ मा ३०.०८, चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.५४ अंक प्राप्त गरेको हो ।

टाटा ह्यारीयर

ह्यारीयर र सफारी एकै पटक परीक्षण भएको हो । यसले पनि समान एडल्ट यात्रु सुरक्षामा ३२ मा ३०.०८ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.५४ अंक पाएको थियो ।

टाटा पन्च ईभी

भारतीय कम्पनी टाटाको नेपालमा अहिले चल्तीको मोडल पन्च ईभी २०२४ मे महिनामा क्र्यास टेस्ट गरिएको थियो । पन्च ईभीले एडल्ट सुरक्षामा ३२ मा ३१.४६ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४५ अंक प्राप्त गरेको थियो ।

सिट्रोन बसाल्ट

फ्रेन्च कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको बसाल्ट क्रसओभरले क्र्यास टेस्टमा फोर स्टार सेफ्टी रेटिङ पायो । बसाल्टले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ अंकमा २६.१९ र चाइल्ड सुरक्षामा ४९ मा ३५.९० अंक पाएको हो ।

टाटा कर्भ ईभी

टाटाले बिक्री गर्दै आएको कर्भ ईभीले पनि फाइभ स्टार रेटिङ पाएको थियो । कर्भ ईभीले एडल्ट प्यासेन्जरको सुरक्षामा ३२ मा ३०.८१ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.८३ अंक पाएको हो ।

टाटा कर्भ पेट्रोल

ईभी जस्तै कर्भ पेट्रोल भर्सनले पनि फाइभ स्टार रेटिङ पाएको थियो । यसले ईभीभन्दा केही कम एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २९.५० र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४३.६६ अंक हासिल गरेको थियो ।

टाटा नेक्सन पेट्रोल

टाटा नेक्सन ग्लोवल एनक्यापमा पनि फाइभ स्टार पाएको मोडल हो । यसले भारत एनक्यापमा पनि एडल्ट सुरक्षामा ३२ मा २९.४१ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४३.८३ अंक ल्याउँदै फाइभ स्टार नै पायो ।

महिन्द्रा एक्सयूभी ४००

भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले एक्सयूभी ४०० ईभीको क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको हो । भारत एनक्यापले एडल्ट सुरक्षामा ३२ मा ३०.३८ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४३ अंक दिएको थियो ।

महिन्द्रा थ्रीएक्सओ

सब फोर मिटर एसयूभी थ्रीएक्सओले पनि भारत एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ । थ्रीएक्सओले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २९.३६ र चाइल्ड प्यासेन्जर सुरक्षामा ४९ मा ४३ अंक पाएको हो ।

महिन्द्रा थार रक्स

महिन्द्राको लाइफ स्टाइल भेहिकल थार रक्सले पनि भारत एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ । यसमा यात्रा गर्ने एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३१.०९ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४५ अंक पाएको हो ।

हुन्डाई टुसान

हुन्डाईले टुसान एसयूभीको भारत एनक्यापमा टेस्ट गराएको थियो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३०.८४ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४१ अंक प्राप्त गर्दै समग्रमा फइभ स्टार रेटिङ पाएको हो ।

महिन्द्रा बीई सिक्स

 

महिन्द्राले भर्खरै नेपालमा बिक्री थालेको बीई सिक्स एसयूभीले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३१.९७, चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४५ अंक पाएको हो ।

महिन्द्रा एक्सईभी नाइन ई

पूर्णाङमा पुरै अंक पाउने एसयूभी महिन्द्रा एक्सईभी नाइन ई हो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३२ अंक पायो । चाइड प्यासेन्जर सुरक्षामा भने ४९ मा ४५ अंक ल्याएर फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।

स्कोडा काइल्याक

युरोपियन ब्राण्ड स्कोडाले भारतमा उत्पादन गरेको काइल्याकले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३०.८८ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४५ अंक पाएको हो । योसँगै काइल्याकले ५ स्टार सेफ्टी रेटिङ पाएको हो । केही दिनमै काइल्याक नेपालमा बिक्री सुरु हुँदैछ ।

किया सिरोस

कोरियन ब्राण्ड कियाले भारतमा बनाएको सिरोस एसयूभीले पनि भारत एनक्यापमका फाइभ स्टार रेटिङ पाएको थियो । यसले एडल्ट सुरक्षामा ३२ मा ३०.२१ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.४२ अंक पाएको हो ।

टाटा नेक्सन ईभी

नेक्सन ईभी सुरुदेखि नै नेपालमा राम्रो संख्यामा बिक्री भएको मोडल हो । यसले पनि भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको थियो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २९.८६ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.९५ अंक प्राप्त गरेको थियो ।

मारुती सुजुकी बलेनो

सुजुकी बलेनो फोर स्टार क्र्यास टेस्ट जिल्ट पाएको ह्याचव्याक कार हो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २६.५२, चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ३४.८१ अंक मात्रै पाएको थियो ।

मारुती सुजुकी डिजायर

इन्डो जापानी ब्राण्डले उत्पादन गरेको सेडान कार डिजायरले भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको थियो । डिजायरले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २९.४६, चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४१.५७ अंक पाएको हो ।

टाटा ह्यारीयर ईभी

टाटाको नयाँ ईभी ह्यारीयरले फाइभ स्टार रेटिङ पायो । ह्यारीयर ईभीले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३२, चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४५ अंक पाएको हो ।

टोयोटा इनोभा हाइक्रस

जापानी ब्राण्ड टोयोटाको इनोभा हाइक्रसले भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पायो । हाइक्रसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३०.४७ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४५ अंक पाएको हो ।

मारुती सुजुकी भिक्टोरिस

हिजोबाट नेपालमा बिक्री सुरु भएको मारुती सुजुकी भिक्टोरिसले भारत एनक्यापको क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको छ । भिक्टोरिसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३१.६६ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४३ अंक प्राप्त गरेको थियो ।

टाटा अल्ट्रोज

टाटाको अर्को ह्याचव्याक कार अल्ट्रोज भारत एनक्यापमा फाइभ स्टार रेटिङ पाउने मोडल हो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २९.६५ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.९० अंक पाएको थियो ।

मारुती सुजुकी इनभिक्टो

सुजुकी इनभिक्टोले पनि क्र्यासटेस्टमा फाइभ स्टार रेटिङ पाएको हो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३०.४३ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४४.९० अंक प्राप्त गरेको थियो ।

सिट्रोन एयरक्रस

सिट्रोनको एयरक्रसले भारत एनक्यापमा फाइभ स्टार रेटिङ पाएको थियो । यसले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २७.०५ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४० अंक प्राप्त गरेको थियो ।

होन्डा अमेज

होन्डाको कम्प्याक्ट सेडान अमेजले पनि भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । अमेजले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा २८.३३ र चाइल्ड प्यासेन्जर सुरक्षामा ४९ मा ४०.८१ अंक पाएको हो ।

सुजुकी इ भिटारा

केही दिनपछि नै भारत र नेपालमा बिक्री सुरु हुन लागेको सुजुकीको पहिलो इलेक्ट्रीक कारले भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो । इ भिटारा एसयूभीले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३१.४९ र चाइड प्यासेन्जर सुरक्षामा ४९ मा ४३ अंक प्राप्त गरेको छ ।


Back_to_top