काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे निर्माता सिम्पल इनर्जीले ४०० किलोमिटर रेन्ज दिने स्कुटर ल्याएको छ । कम्पनीले सिम्पल वन अल्ट्रा नामबाट ल्याएको स्कुटरले ४०० किलोमिटर रेन्ज दिने दावी गरेको हो ।
सिम्पल वान एस र वन जेन २ बजारमा ल्याउने क्रममा नयाँ लङ रेन्ज स्कुटर पनि देखाएको हो । कम्पनीले देखाएको लङ रेन्ज दिने सिम्पल वान अल्ट्रा मोडलमा ६.५ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।
इन्डियन ड्राइभिङ साइकलका अनुसार यसको रेन्ज ४०० किलोमिटर हुनेछ । यसको बिक्री सुरु हुन भने केही समय लाग्नेछ ।
कम्पनीले बिक्रीको लागि उपलब्ध गराएको अन्य दुई मोडल मध्ये सिम्पल वान दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसमा दुई ब्याट्री अप्सन पाइन्छ । एउटा ३.७ किलोवाट आवरको ब्याट्री छ । अर्को सिम्पल वान एस भेरियन्टमा भने ५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
कम्पनीको दाबी अनुसार सिम्पल वान मोडलले दिने आइडीसी रेन्ज १९० किलोमिटर हो । अर्को वान एसले भने २६५ किलोमिटर रेन्ज दिनेछ ।
कम्पनीले यी दुई स्कुटरको मूल्य क्रमशः १ लाख ४० हजार र १ लाख ७० हजार भारतीय रुपैयाँ तोकेर बिक्री थालेको हो ।
त्यस्तै, सिम्पल वान जेन २ मा पनि ४.५ किलोवाट आवर र ५ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । जेन २ मोडलमा कम्पनीले पहिलाको तुलनामा टप स्पीड बढाएर ल्याएको छ । यो स्कुटर अधिकतम २६५ किलोमिटरसम्म रेन्ज दिनेछ ।
यसका अलावा कम्पनीले बिक्री गर्दै आएको दुबै मोडलमा सफ्वेयरहरु अपडेट गराएको छ । यसको चेसिस डिजाइनमा भने कुनै परिर्वतन गरिएको छैन ।

