आइकारमा आयो दशैं अफर

काठमाडौं । आइकारको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो सफल मोडल आइकार भी-२३ मा चाडपर्व स्कीम दिएको छ । कम्पनीले चाडपर्वको समयमा भी-२३ किन्ने ग्राहकलाई २ लाख रुपैयाँ नगद छुट दिने भएको हो ।

अहिले बजारमा ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको आइकार भी-२३ चाडपर्वमा किन्दा ५१ लाख ९९ हजारमा पाइने भएको हो । यसअघि नाइमा र नाडा अटो शोमा कम्पनीले ५० लाख ९९ हजारमै आइकार दिएको थियो ।

कम्पनीले नगद छुटको अलावा ११ वर्षसम्मको एक्सटेन्डेड वारेन्टी पनि दिएको छ । एक वर्षको वार्षिक कर, ७ किलोवाटको वाल माउन्ट एसी चार्जर र एक वर्षको अटो प्लस इन्स्योरेन्स पनि कम्पनीले दिनेछ ।

आकर्षक रेट्रो लुक्स र आधुनिक टेक फिचरले सुसज्जित भी-२३ प्योर लाइफस्टाइल प्रोडक्ट हो । यसको लम्बाइ ४२२० एमएम र चौडाइ १९१५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस रहेको छ ।

आइकार भी-२३ मा रियर ह्वील ड्राइभ १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ५९.९३ किलोवाट आवरको ब्याट्री छ । सिंगल चार्जमा एसयूभीले ३६० किलोमिटर हाराहारी अनरोड रेन्ज दिनेछ । कम्पनीका अनुसार ४०० किलोमिटर रेन्ज पाउन सकिन्छ ।

हेर्दै अफरोड भेहिकलको झल्को दिने एसयूभीमा २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, फुटपेज, बक्सी डिजाइन, ७४४ लिटरसम्म बढाउन मिल्ने बुट स्पेश दिइएको छ ।

आइकार भी-२३ को इन्टेरियरमा क्वालकम स्न्याप ड्रायगन ८१५५ चिपको पावर भएको १५.४ इन्चको सेन्टर टचस्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्टेबल र भेन्टिलेटेड फ्रन्ट सिट, ७ वटा स्पीकर सहितको अडियो सिस्टम, ९० लिटरको अन्डर फ्लोर ट्रङ्क र अन्डर सिट कम्पार्टमेन्ट, अटोमेटिक पार्किङ सिस्टम, ड्राइभर असिस्ट सिस्टम (एडास) उपलब्ध छ ।

यसको फ्रन्टमा स्मोक्ट फ्रन्ट ग्रिल, राउण्ड हेडलाइट र स्क्वायर अफ फेस रहेको छ । यो एसयूभीमा रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल, एक्टरनल स्टोरेज कन्टेनरले यो एसयूभीलाई रगेड एप्पिरियन्स दिएको छ । यसमा साइड ओपनिङ रियर डोर दिएको छ ।


Back_to_top