एमजीका कारमा अफरै अफर

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ स्लोगनसहित चाडपर्व स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको चाडपर्व लक्षीत स्कीममा गाडी किन्ने उपभोक्ताले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने भएका हुन् ।

कम्पनीले आफ्ना सबै विद्युतीय कार मोडलमा यो स्कीम लागु हुने जनाएको छ । कम्पनीका अनुसार निःशुल्क अटो प्लस इन्स्योरेन्स, सहजै फाइनान्स सुविधा, एक्सचेन्ज सुविधासँगै एक वर्षको सवारी कर पनि कम्पनीले दिने जनाएको छ ।

पारामाउन्ट मोटर्सले एमजी फोर, एमजी एस-५ र एस-६ तथा आइएम सिक्स मोडलमा पनि यो अफर उपलब्ध हुने जनाएको छ । साथै, एमजीको इलेक्ट्रीक पीकअप यू-९ मा पनि यो स्कीम पाउन सकिनेछ । कम्पनीले बिक्री गर्ने हाइब्रिड मोडल एचएसमा पनि यो स्कीम पाउन सकिन्छ ।


Back_to_top