ट्रायम्फको ‘द ग्रेट फेस्टिभल’ अफर, तीन आकर्षक सुविधा पाइने

काठमाडौं । ट्रायम्फ मोटरसाइकल नेपालले ‘द ग्रेट फेस्टिभल गियर अप’ अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले आकर्षक ओनरसिप लाभ, एक्सचेन्ज सुविधा र सरल किस्ताबन्दी सुविधा पाउने छन् । कम्पनीका अनुसार यस अफरमा मोटरसाइकल किन्दा हरेक ग्राहकले सर्टिफाइड राइडिङ ज्याकेट, हेलमेट र फाइल ब्याग निःशुल्क रूपमा पाउने छन् ।

साथै, पुराना जुनसुकै ब्राण्डका दुईपाँग्रे सवारीसाधनसँग ट्रायम्फ मोटरसाइकल तत्काल साट्न सकिने स्पट एक्सचेन्ज को व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, ग्राहकले हुलास फिनसर्भ मार्फत न्यूनतम ५ हजार ९७६ रुपैयाँ मासिक किस्ताबन्दीमा ट्रायम्फका मोटरसाइकल घर लैजान सक्नेछन् ।

यो अफर असोज ४ देखि आगामी कात्तिक २९ गतेसम्म नेपालभरका ट्रायम्फका आधिकारिक शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top