काठमाडौं । अब राइड शेयरिङ प्लेटफर्म पठाओ चालकहरूले कम्पनीलाई कमसिन तिर्न नपर्ने भएको छ ।
कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा राइडरबाट लिँदै आएको कमिसन हटाउँदै अब सब्स्क्रिप्सन शुल्क लिने घोषणा गरेको हो ।
कम्पनीले यसअघि आफ्ना राइडरहरूबाट हरेक राइडमा २० प्रतिशतसम्म कमिसन लिँदै आएको थियो । अब चालकहरूले कम्पनीलाई कमिसन नतिरी सब्स्क्रिप्सन प्याकेज लिनुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार राइडरहरूले दैनिक, साप्ताहिक र मासिक शुलक तिरेर पठाओको सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीले दुईपाँग्रे (मोटरसाइकल/स्कुटर)का लागि १ दिनको ४९ रुपैयाँ, ७ दिनको २९९ रुपैयाँ र ३० दिनको ९९९ रुपैयाँ सब्स्क्रिप्सन शुलक तोकेको छ ।
त्यसैगरी, कारका लागि २४ घण्टाको १४९ रुपैयाँ, ७ दिनको ६९९ रुपैयाँ र ३० दिनको २ हजार २९९ रुपैयाँ शुल्क तोकेको छ । राइडरहरूले यो प्याकेज पठाओ ड्राइभ एपमार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
सब्स्क्रिप्सन मोडलमा पनि ग्राहकले तिर्ने भाडामा लाग्ने ५ प्रतिशत भ्याट र र १ प्रतिशत अग्रिम कर कट्टी (टीडीएस) शुलक तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

