यातायात कार्यालय एकान्तकुनाबाट थप ११ बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले सरकारी कार्यालयहरुमा बिचौलिया विरुद्धको कारबाही तीव्र बनाएको छ । यसकैक्रममा सोमबार ललितपुरका नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउन गरेको हो ।

जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जना बिचलौलिया पक्राउ गरेको भनिएको छ ।

यसअघि गत चैत १६ गते यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ गरेको थियो ।

बिचौलियाको काम गरी सेवाग्राहीहरूलाई दुःख हैरानी दिने, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गरेको प्रहरीको भनाइ छ ।

उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायातका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी पैसा लिने, लाइसेन्स प्रिन्ट तथा ब्लूबुकलगायत कागजात नवीकरण, मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको पाइएको छ ।


Back_to_top