टीभीएसको नयाँ जुपिटर डिस्क ब्रेकमा आउने, मूल्यमा कस्तो फरक

टीभीएस मोटर्सले २०१३ बाट बिक्री गर्दै आएको जुपिटरको नयाँ भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले नयाँ इमिसन मापदन्ड अनुसार इन्जिनको परिमार्जन गरेसँगै विभिन्न विशेषता थपेर सार्वजनिक गर्ने भएको हो । 

स्कुटरलाई प्राक्टिकलसँगै प्रिमियम लुक दिइएको छ । यसको फ्रन्टमा एप्रोन लगाइएको छ, भने रि–डिजाइन टर्न इन्डीकेटर, एलइडी हेडल्याम्पको विशेषता दिइएको छ । क्रोम हेडलाइटसँगै फ्रन्ट एप्रोन ,फेन्डर र रियर भ्यु मिररले स्कुटरलाई थप स्पोर्टी बनाएको छ । 

यसमा मुख्यत नयाँ इन्स्ट्रुमेन्ट क्लस्टरसँगै डिजिटल स्क्रृन दिइएको छ । स्क्रृनमा फ्यूल, ओडोमिटर र समयको जानकारी आउने छ । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा थ्रि स्टेप एडजस्टेबल ग्यास चार्ज मनोसक सस्पेन्सन लगाइएको छ । नयाँ जुपिटर ड्रम र डिस्क ब्रेक दुबै अप्सनमा बजारमा आउने छ । 

यसमा १०९.७ सीसी एयर कुल्ड सिंगल सिलिन्डर ओएचसी इन्जिन लगाइएको छ । यसले ७५०० आरपीएममा ८ बीएचपी पावरका साथै ५५००  आरपीएममा ८ एनएम टर्क उत्पादन गर्छ । यसमा सीभीटी गियरबक्स लगाइएको छ । 

नयाँ जुपीटरको मूल्य पुरानै रेगुलर मोडलको जस्तै रहने छ । तर, डिस्क ब्रेकयूक्त भेरियन्टको मूल्य भने करिब १० हजार रुपैयाँले बढी हुने अनुमान गरिएको छ । 

नेपाली बजारमा पनि क्लासिक स्कुटरको रुपमा जुपीटरले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । यस्तोमा कम्पनी डिस्क ब्रेक अप्सनमा ल्याउने हुँदा यसको बजार हिस्सा अझै बढ्ने देखिन्छ । नेपाली बजारमा टीभीएसका उत्पादन जगदम्बा मोटर्सले आधिकारीक बिक्रेता रुपमा भित्र्याइरहेको छ ।


Back_to_top