विमानस्थलको पार्किङ शुल्क संशोधन गरिँदै

काठमाडौं । सरकारले देशभरका विमानस्थलमा कायम सवारी साधन पार्किङ शुल्क संशोधन गर्ने भएको छ ।

देशभरका अन्तर्राष्ट्रिय-आन्तरिक दुवै विमानस्थलमा पार्किङ शुल्क अचाक्ली महँगो रहेको गुनासो आएपछि सरकारले शुल्क पुनरावलोकन गनर्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुल्क पुनरावलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गरेको हो ।

उक्त समितिले बुधबार भित्र प्रतिवेदन पेश गर्नेछ । त्यसपछि मन्त्रालयले शुल्क संशोधन प्रक्रिया अघि बढाउने छ ।

विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीले विमानस्थलहरूमा अत्यधिक पार्किङ शुल्क असुल गर्ने गरेको गुनासो गरेका छन् ।


Back_to_top