जीपको नेपालको लागि आधिकारीक बिक्रेता एमएडब्ल्यू लाईफले जीप र्याङ्गलरको नयाँ संस्करण नेपाल ल्याउने पहल सुरु गरेको जनाएको छ । कम्पनीले जीपको कम्पास मोडल बिक्री वितरण गर्दै आएकोमा अब भने र्याङ्गलर पनि ल्याउने तयारी गरेको हो ।
अमेरिकी कम्पनीले नयाँ र्याङ्गलरलाई फोर डोर बडी स्टाइलमा निर्माण गरेको छ । यो नयाँ एसयूभीमा फ्रन्ट इन्ड गेट राउन्ड हेडल्याम्प, सेभन स्लट ग्रिल, बोल्ड ह्वील आर्क दिइएको छ । टेलगेट माउन्टेड स्पेयर ह्वील यसको अर्काे आकर्षक विशेषता हो ।
र्याङ्गलरमा ८.४ इन्च टचस्क्रृन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्च टिएफटी एलइडी ड्राइभर इन्फर्मेशन डिस्प्ले, १२ भोल्ट चार्जिङ पोर्ट, २३० भोल्ट एसी, इन्जिन स्टार्ट स्टप बटन र एडजस्टेबल सिट जस्ता विशेषता रहेको छ ।
यसलाई कम्पनीले दुई इन्जिन अप्सन बजारमा ल्याएको छ । जसमध्ये २.२ लिटर मल्टीजेट आइआई डिजेल इन्जिनले २०० पीएस पावरका साथै ४५० एनएम टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।
त्यसैगरी, यसमा उपलब्ध २.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले २७२ पिएस पावरका साथै ४०० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ ।
दुबै इन्जिन यूक्त र्याङ्गलर फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने छ ।

