हुलाकी राजमार्गका लागि भौतिक पूर्वाधारले माग्यो १५ अर्ब

काठमाडौं । हुलाकी राजमार्गका लागि १५ अर्ब रकम माग गरिएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो रकम मागेको हो ।

चालू आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि ५ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको थियो । जसमा नेपाल सरकारको २ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट २ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्ने योजना सरकारले बनाएको थियो ।

उक्त आयोजना आर्थिक वर्ष २०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हुलाकी राजमार्ग १ हजार ६ सय ६३ किमि लामो हुनेछ । जसमा १ सय २५ वटा पुलहरुको निर्माण हुनेछ ।

चालू आर्थिक वर्षभित्र सरकारले ६७ किलोमिटर सडक ग्राबेल गर्ने लक्ष्य लिएको थियो । त्यस्तै ७० किलोमिटर सडक कालोपत्रे भइसकेको सडक विभागका आयोजना तथा अनुगमन शाखा प्रमुख अर्नुन सुवालले जानकारी दिए ।

उनका अनुसार हालसम्म हुलाकी राजमार्ग अन्तरगत ३ वटा पुल निर्माणको काम सकिएको छ ।

आउदो आर्थिक वर्षमा हुलाकी राममार्गमा ३ सय ५० किलोमिटर सडक कालोपत्रे गर्ने र १५ वटा पुल निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उनले जानकारी दिए ।


Back_to_top