महिन्द्रा थार सिंग्नेचर इडिसनको तस्विर लिक, यस्तो छ विशेषता

महिन्द्राको एसयूभी सिंग्नेचर इडिसनको फस्ट डिटेल्स र तस्बिर लिक भएको छ । महिन्द्राले २०१० मा पहिलो पटक थार सार्वजनिक गरेको थियो । नयाँ थार विभिन्न सुरक्षा मापदन्ड तथा नयाँ इमिसन मापदन्ड बीएस–६ अनुरुप परिमार्जन गरि ल्याउने भएको हो ।

थारको सिमित युनिट ७ सय युनिट भने ब्लाक र एक्युवा म्यारिन पेन्टमा आउने कम्पनीले जनाएको छ । यस एसयूभीमा पाँच स्पोक १५ इन्च आलोय ह्वील दिइएको छ । थार बोनेट लिडमा ब्लाक डिकेल्स लगाइएको छ भने फ्रन्ट बम्परमा सिल्भर रङ लगाइएको कम्पनीले जनाएको छ ।

सिटमा लेदरको कभर लगाइएको छ भने कारमा फ्रन्ट फेसिङ रियर सिट लगाईएको छ । रेगुलर मोडलको तुलनामा यसको क्याबिन केही फराकिलो रहेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले थार डीआई भेरियन्टको बिक्री बन्द गरि सीआरडीइ भेरियन्ट ल्याउने भएको छ । यसमा २.५ लिटर डिजेल इन्जिन लगाइएको कम्पनीले जनाएको छ । यो इन्जिनले १०७.४१ पीएस पावरका साथै २४७ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ ।

यो मोडल २०२० को अटो एक्स्पोमा डेभ्यू गर्ने कम्पनीको योजना रहेको छ ।


Back_to_top