सुजुकी मोटरसाइकलले जिक्सर २५० को इन्जिनमा निर्माण गरिरहेको इन्ट्रुडर २५० बजारमा ल्याउने तयारी गरिरहेको छ । यो मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुलिंग इन्जिन रहेको छ ।
प्रिमियम इन्ट्रुडर एम १८०० आरको जस्तै डिजाइनमा निर्माण भएको यो मोटरसाइकल दिल्ली अटो एक्स्पो २०२०मा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यसमा उपलब्ध इन्जिनले २६.५ बीएचपी पावरका साथै २२.६ एनएम टर्क उत्पादन गर्छ । मोटरसाइकलमा ६ स्पीड गियरबक्स रहने छ ।
नयाँ इन्ट्रुडरमा एलइडी हेडल्याम्पसँगै डीआरएलएस, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, डबल च्यानल एबीएस, एलइडी टेललाइट, अलोय ह्वीलको विशेषता दिइने छ, भने आकर्षक फ्रेमको साथै उत्कृष्ट सस्पेन्सन लगाइने छ ।
बजारमा यसले बजाज एभेन्जर–२२०, रोयल इन्फिल्ड थन्डरवर्ड–३५०, यूएमको रेनिगेड कमान्डोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
सुजुकीले गत मे २० मा भारतीय बजारमा सुजुकी जिक्सर २५० मोटरसाइकल सार्वजनिक गरेको थियो । जुन नेपाली बजारमा आउने क्रममा रहेको छ ।


