३४ अर्ब लिएको निगमको ऋण ५५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ऋण ५५ अर्ब रुपैयाँ नाघेको छ ।

निगमले ए-३२० र ए-३३० जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज गरी ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।

महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख छ । निगमले सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट १२ अर्ब बराबरको ऋण लिएको थियो ।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ ।


Back_to_top